• १३ साउन २०८१, आइतबार

उर्जा बचत गर्न बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने

blog

ढाका, असार ४ गते । बङ्गलादेशमा बेलुका ८ बजेपछि बजार बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाले बेलुका ८ बजेपछि सबै पसल तथा व्यावसायिक प्रतिष्ठानहरू बन्द गर्न आग्रह गर्नुभएको हो । यो नियम देशैभरि लागू गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ ।

प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री कार्यालयका महानिर्देशक महमद अहसान किब्रीया सिद्धिकीले शुक्रबार सूचना जारी गर्दै ८ बजेसम्म मात्रै बजार खुला गर्न आग्रह गर्नुभएको हो ।

उर्जा तथा पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले राती ८ बजेपछि पसल तथा बजार बन्द गर्न आग्रह गरिएको सरकारी अधिकारीहरूले जनाएका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विश्वव्यापी समस्याको रुपमा देखिएकाले पेट्रोलियम पदार्थको बचतका लागि विभिन्न देशमा विभिन्न उपायह अपनाउने गरिएको छ । 

पेट्रोलियम पदार्थको अभावका कारण मूल्यवृद्धि  हुने गरेकाले त्यसको नियन्त्रणका लागि पनि यसको प्रयोग कम गर्नुपरेको हो ।

बेलुका चाँडै बजार बन्द गर्दा विद्युत् तथा पेट्रोलियम पदार्थको खपत घट्ने र व्यापार घाटा पनि कम हुने अपेक्षा सरकारले गरेको छ ।