• १६ वैशाख २०८१, आइतबार

आन्ध्र प्रदेशमा ३ बालबालिकासहित पाँच जनाको मृत्यु

blog

अल्लुरी सीताराम राजु, जेठ ३० गते । अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।

यो दुर्घटना सोमबार बिहान चिन्तूरको एडुगुराल्लापल्लीमा भएको हो । सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए ।

घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ । मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ । घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ ।

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ । बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।