• १५ वैशाख २०८१, शनिबार

सिकागोमा गोली प्रहार गरी पाँचको मृत्यु, १६ घाइते

blog

सिकागो, जेठ ३० गते । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को  गोली प्रहारको घटना भएका छन् । तीमध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।

अमेरिकाभरि सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना पनि बढिरहेका छन् । पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो पटक शनिबार दिउसो १२.१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षीया एक महिलाको हत्या भएको छ ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएका छन् । यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनासमेत भएको प्रहरी कार्यालयले जनाएको छ ।