• १६ वैशाख २०८१, आइतबार

भारतमा कोभिड सङ्क्रमण करिब ४१ प्रतिशतले वृद्धि

blog

नयाँदिल्ली, जेठ २५ गते । भारतमा मङ्गलबार मध्यराति अर्थात् २४ घण्टाको समयमा थप पाँच हजार २३३ जना कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोमबार, भारतमा थप तीन हजार ७१४ जनालाई कोरोना सङ्क्रमण भएको थियो । मङ्गलबार वृद्धि भएका यो कोरोना सङ्क्रमितमध्ये महाराष्ट्रका एक हजार ८८१ जना  थिए । यो सङ्ख्या फेब्रुअरी १८ यताकै उच्च हो ।

सोमबाारकाे तुलनामा मङ्गलबार कोरोना सङ्क्रमणमा ४१ प्रतिशतले वृद्धि भएको समाचारमा जनाइएको छ । हाल भारतमा कोरोनाका सक्रिय सङ्क्रमित सङ्ख्या २८ हजार ८५७ छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या भारतमा हालसम्म भएका कोरोना सङ्क्रमितको ०.०७ प्रतिशत भएको जनाइएको छ ।

सोमबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधिमा तीन जार ३४५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाकाे कुल सङ्ख्या चार करोड २६ लाख ३६ हजार ७१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७२ प्रतिशत छ ।

भारतमा कोरोना शुरु भएदेखि हालसम्म कुल ८५ करोड ३५ लाख परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९४ करोड ४३ लाख २६ हजार ४१६ हजार खोप लगाइएको छ ।