अमेरिकी र दक्षिण कोरियाली राष्ट्रपति बीच भेटवार्ता
अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ ।
अष्ट्रेलियामा सङ्घीय निर्वाचनका लागि देशभरि मतदान हुँदै
अष्ट्रेलियामा शनिबार देशभरि सङ्घीय निर्वाचनका लागि मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुका ६ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।
आईएमएफबाट ऋण पाउने आशामा श्रीलङ्का
चरम आर्थिक सङ्कट खेपिरहेको श्रीलङ्काले देशमा गम्भीर खाद्यान्न अभावको चेतावनी दिएको छ । सङ्कट व्यवस्थाका निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट ऋण पाउने आशामा सरकार रहेको छ ।
एक दिनमा दुई हजार २५९ कोरोना सङ्क्रमित
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा हुने : राष्ट्रपति
फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताउनुभएको छ । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ ।
सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण अपरिहार्य : राष्ट्रपति सी
चीनका राष्ट्रपति सी चिनफिङले सबैको सुरक्षाका लागि विश्वव्यापी समुदाय निर्माण गर्न मिलेर काम गर्नु अपरिहार्य भएको बताउँदै त्यसनिम्ति ब्रिक्स राष्ट्रहरूलाई आह्वान गर्नुभएको छ ।
खाद्य असुरक्षा घटाउने काममा सहकार्य गर्न संयुक्त राष्ट्रसंघको आह्वान
संयुक्त राष्ट्रसंघले विश्वमा खाद्य असुरक्षाको अवस्था झन् बढ्दै गएकाले सबै गम्भीर हुनुपर्ने बताएको छ ।
चीनको साङ्घाइमा घट्यो कोरोनाको सङ्क्रमण
चीनको साङ्घाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको सङ्ख्या ८२ मात्र रहेको छ ।
विश्वभर आन्तरिक विस्थापितको सङ्ख्या पाँच करोड ९० लाख नाघ्यो
द्वन्द्व र प्राकृतिक प्रकोपहरूले गत वर्षमा दशौं लाख मानिसहरूलाई आन्तरिकरूपमा विस्थापित गराएको छ ।
भारतमा एक हजार ५६९ कोरोना सङ्क्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्वारा पार्टी परित्याग
भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गर्नुभएको छ । पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आउनु भएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिनुभएको हो ।
युक्रेनका राष्ट्रपतिद्वारा जर्मनी र फ्रान्सका नेतासँग फोनवार्ता
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किीले जर्मन र फ्रान्सका नेताहरुसँग फोनवार्ता गर्नुभएको युक्रेनका राष्ट्रपतिको कार्यालयले मङ्गलबार जनाएको छ ।
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट सङ्क्रमि
अमेरिकामा करिब एक करोड ३२ लाख बालबालिका कोभिड १९ बाट सङ्क्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट प्रभावित भएका बताइएको छ ।
लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश
संसदद्वारा नियुक्त लिबियाको विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ । यद्यपि, एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ ।
भारतमा थप एक हजार ५६९ जनामा सङ्क्रमित
भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी चार जनाको मृत्यु, दुई घाइते
अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।
श्रीलङ्काको परिस्थिति कठिन रहेको भन्दै प्रधानमन्त्रीद्वारा सबैले मिलेर काम गर्न आह्वान
श्रीलङ्काका लागि अहिले कठिन समय रहेको प्रधानमन्त्री रनिल विक्रमासिंघेले बताउनुभएको छ । उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताउनुभएको हो ।
इन्डोनेयिामा शक्तिशाली भूकम्प
इन्डोनेसियाको जाकार्तामा मङ्गलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मङ्गलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या
पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ ।
इन्डोनेसियाको पूर्वी जाभामा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु, सयौं घाइते
इन्डोनेसियाको पूर्वी जाभा प्रान्तको टोल रोडमा सोमबार भएको बस दुर्घटनामा १३ जनाको मृत्यु हुनाको साथै अन्य दर्जनौं घाइते भएको डा वाहिदिन सुदिरोहुसोडो अस्पतालको आपतकालीन इकाईमा कार्यरत चिकित्सक मुहम्मद बायु एस.डी.सिन्ह्वालाई फोन मार्फत बताएका छन् ।
उत्तरी अफगानिस्तानमा खाद्य विषाक्तताका कारण ४२ जना बिरामी
अफगानिस्तानको उत्तरी प्रान्त तखारमा सामूहिक खाद्य विषाक्तताका कारण ४२ जना बिरामी परेको स्थानीय प्रहरीले सोमबार जानकारी दिएको छ ।
न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु
न्युयोर्क, जेठ १ गते । यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो । गोली लागेर अरु केही घाइते पनि भएका छन् । अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीमाथि अन्धाधुन्ध गोली चलाएको थियो । बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको छ ।
युएईको राष्ट्रपतिमा शेख मोहम्मद बिन जायद निर्वाचित
युएईका लामो समयदेखि डिफ्याक्टो शासक शेख मोहम्मद बिन जायद अल नाह्यान शनिबार राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
भारतमा कोरोनाका एक दिनमा दुई हजार ९५८ कोरोना सङ्क्रमित
भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ ।