• १६ भदौ २०८१, आइतबार

चीनको साङ्घाइमा घट्यो कोरोनाको सङ्क्रमण

blog

साङ्घाइ, जेठ ५ गते । चीनको साङ्घाइमा कोरोनाको सङ्क्रमण घटेको पाइएको छ । यहाँ गएको २४ घण्टामा यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएकाको सङ्ख्या ८२ मात्र  छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टामा चीनको साङ्घाइ सहरमा सङ्क्रमित व्यक्तिमध्ये ८२ जना स्थानीय स्तरमै सङ्क्रमित भएकाहरु पाइएका छन् ।

उता यहाँ बाहिरबाट आएका अन्य सङ्क्रमितहरु भने २६३ जना  छन् । ती सङ्क्रमितहरु विदेश तथा चीनका अरु सहरबाट आएकामा पाइएको बताइएको छ ।पछिल्लो केही दिनयता कोरोनाभाइरसका सङ्क्रमितको संख्या केही मात्रामा घट्न थालेको पाइएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

साङ्घाइ म्युनिसिपल हेल्थ कमिसनले दिएको जानकारीअनुसार यहाँ तीन हप्ता अघि दैनिक कम्तीमा २ हजारदेखि माथि नै पाइने गरेका सङ्क्रमितहरुको सङ्ख्या अहिले घटेको छ । पछिल्ला केही दिनयता सङ्क्रमित व्यक्तिको सङ्ख्या घट्न थालेको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन् । चीनका विभिन्न सहरमा कोरोना भाइरसका सङ्क्रमितहरुको सङ्ख्या प्रत्येक दिन घट्दै गएकाे बताइएको छ ।