• ७ वैशाख २०८१, शुक्रबार

भारतमा थप एक हजार ५६९ जनामा सङ्क्रमित

blog

नयाँदिल्ली, जेठ ३ गते । भारत २४ घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ ।

यस समयमा भारतमा ९१७ जना सक्रिय सङ्क्रमित सङ्ख्या झरेपछि हाल भारतभरि सक्रिय सङ्क्रमित १६ हजार चार सय रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौबीस घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।