• १६ भदौ २०८१, आइतबार

भारतमा कोरोनाका एक दिनमा दुई हजार ९५८ कोरोना सङ्क्रमित

blog

नयाँदिल्ली, वैशाख ३१ गते । भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपि, गत मङ्गलबारबाट केही कमी आएको देखिएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ११ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २०१ पुगेको छ । भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ९६ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौविस घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार ३५५ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७६ हजार ८१५ जनालाई कोरोना सङ्क्रमण निको भएको छ ।