• १६ भदौ २०८१, आइतबार

भारतमा एक हजार ५६९ कोरोना सङ्क्रमित थपिए

blog

नयाँदिल्ली, जेठ ४ गते । भारत २४ घण्टाको समयावधि अर्थात् मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमित भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार  १७७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ३३ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २९३ पुगेको छ । यस समयमा भारतमा ७५३ सक्रिय सङ्क्रमित सङ्ख्या झरेपछि हाल भारतभरि सक्रिय सङ्क्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

चौबीस घण्टाको समयावधि अर्थात् सोमबार मध्यरातिसम्म दुई हजार ५४९ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८७ हजार २५९ लाई कोरोना सङ्क्रमण निको भएको छ ।