• १६ भदौ २०८१, आइतबार

न्युयोर्कमा गोली प्रहारबाट १० जनाको मृत्यु

blog

न्युयोर्क, जेठ १ गते । यहाँको न्युयोर्क राज्यको बफेलोमा भएको गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको प्राप्त समाचारमा यहाँको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको हो गोली लागेर अरु केही घाइते पनि भएका छन्     

अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस (एपी) का अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सो सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो ।सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीमाथि अन्धाधुन्ध गोली चलाएको थियो     
     
बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाएका छन् उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिनुभएको ह्वाइट हाउसले जनाएको