• १५ वैशाख २०८१, शनिबार

लिबियाको विद्रोही नयाँ सरकार त्रिपोली प्रवेश

blog

त्रिपोली, जेठ ३ गते । संसदद्वारा नियुक्त लिबियाको  विद्रोही सरकारले मङ्गलबार राजधानी त्रिपोली आइपुगेको बताएको छ । यद्यपि, एकीकृत सरकारले सत्ता छोड्न भने अस्वीकार गरेको छ ।

यहाँको प्रेस सेवाले लिबिया सरकारका प्रधानमन्त्री फाथी बाशाघा अन्य थुप्रै मन्त्रीहरूसँग राजधानी त्रिपोलीमा पुगेर आफ्नो काम शुरु गर्न लागेको जनाएको छ ।

एएफपी पत्रकारले जनाएअनुसार नयाँ प्रधानमन्त्रीको राजधानी प्रवेशसँगै शहरमा सशस्त्र समूहहरूबीच रातभर झडप भएको थियो ।