• १५ चैत २०८०, बिहिबार

उत्तर कोरियामा पहिलो महिला विदेशमन्त्री

blog

सोल, जेठ २८ गते । उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।

अनुभवी कूटनीतिज्ञ चोए सोन हुइले उत्तर कोरियाको पहिलो महिला विदेशमन्त्री बन्ने मौका पाउनुभएको हो ।

यसअघि उपविदेशमन्त्रीको रुपमा पनि सेवा गर्नुभएकी हुइले अहिले रि सोन ग्वोनलाई विस्थापित गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

कूटनीतिक सेवावाट आउनुभएकी हुइले दुईदेशीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गर्नुभएको थियो । उहाँलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्षनेताहरूको शिखर बैठकमा पनि उहाँले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

उहाँले भन्नुभयो, “मलाई लाग्छ, हाम्रो प्रस्तावलाई अस्वीकार गरेर अमेरिकाले सुनौलो अवसर गुमाएको छ ।”

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले विदेश मन्त्रालयको जिम्मेबारी उहाँले प्रभावकारी रुपमा निर्वाह गर्न सक्ने अपेक्षा गरिएको छ ।