काबुल, साउन ५ गते ।तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो । अफगानिस्तानस्थित संयुक्त राष्ट्रसङ्घीय नियोग (यूनामा) का कार्यकारी प्रमुख मार्कस पोट्जेलले काबुलमा आयोजित समाचार सम्मेलनमा भन्नुभयो, ‘हाम्रो रिपोर्टको निष्कर्ष अत्यन्तै गम्भीर छ भन्ने कुरालाई कसैले नकार्न सकेको छैन ।’तालिबानले अफगानिस्तानमा रहेको यस पहिलेको पश्चिमी समर्थित सरकारलाई परास्त गरेदेखि अधिकारको दुरुपयोगको आरोपलाई नियमित रूपमा अस्वीकार गर्दै आएका छन् तर बुधबार सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघको रिपोर्टले धेरै तथ्य सार्वजनिक गरेको छ ।यूनामाले अगस्तदेखि १६० वटा अतिरिक्त न्यायिक हत्या, यातना र दुव्र्यवहारका ५६ घटना र १७० भन्दा बढी जथाभावी गिरफ्तारी तथा पूर्व सरकारी अधिकारी तथा राष्ट्रिय सुरक्षा बलका सदस्यलाई थुनामा राखेको आरोप दर्ता गरेको छ । यातना दिने सबैभन्दा सामान्य तरिका लात हान्ने, मुक्का हान्ने र थप्पड लगाउने रहेको तथा केबुल र पाइपले पिट्ने करेन्ट लगाउने र अन्य उपकरणहरूको प्रयोग गर्ने जस्ता मानव अधिकार हननका काम गरेको आरोप ती मुद्दामा लगाइएको छ । आरोपमा दुई सयभन्दा बढी क्रुर, अमानवीय वा अपमानजनक सजायका उदाहरणहरू गरेको र एक सयभन्दा बढी बल प्रयोगका घटना घटाएको उल्लेख छ ।यद्यपि युद्धको अन्त्य भएदेखि देशभरि सुरक्षामा निकै सुधार आएको छ र निजामती घाइतेहरूको सङ्ख्यामा ठूलो कमी आएको छ । सन् १९९६ देखि २००१ को बीचमा आतङ्कको क्रुर अवधिका लागि चिनिएको तालिबानले अफगानीहरू, विशेष गरी महिला तथा केटीको स्वतन्त्रतामा तीव्र प्रतिबन्ध लगाएका छन् । यूनामाले हत्या, बलात्कार, आत्महत्या, बालविवाह र आक्रमणलगायत जबरजस्ती विवाहका साथै सम्मान हरणका दुई मुद्दासहित महिला र बालिकामाथि हुने हिंसाका ८७ आरोप सार्वजनिक गरेको छ । तीमध्ये कुनै पनि औपचारिक रूपमा न्याय प्रणालीमा दर्ता भएका छैनन् ।मुद्दा दर्ता गरिएका मुद्दामध्ये एक दम्पती पनि थिए जसलाई इस्लाम कानुनको हित विपरित सम्बन्ध जोडेको आरोप लगाई सार्वजनिक रूपमा ढुङ्गाले हानेर मारिएको थियो । अफगानिस्तानमा संयुक्त राष्ट्रको मानवअधिकार मिशनकी प्रमुख फियोना फ्रेजरले अफगानिस्तानमा ‘दण्डरहिनता प्रबल’ भएको बताउनुभयो र आरोप कम रिपोर्ट भएको हुनसक्ने स्वीकार गर्नुभयो । यूनामा दुब्र्यवहारमा तालिबानको धार्मिक प्रहरी र गुप्तचर सेवाको सहभागिताका बारेमा ‘विशेष गरी चिन्तित’ रहेको उहाँले बताउनुभयो । युनामाका अनुसार यो अवधिमा सात सयभन्दा बढी नागरिक मारिएका छन् र आक्रमणमा कम्तीमा पनि एक हजार चार सय घाइते भएका छन् ।
बेलायतमा मङ्गलबार ३९.१ डिग्री सेल्सियस (१०२.४ डिग्री फरेनहाइट) तापक्रम रेकर्ड गरिएको छ । मौसम विज्ञान निकाय, मौसम कार्यालयका अनुसार यो तामक्रम यस वर्षको सबैभन्दा उच्च हो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ ।
भ्रष्टाचारको आरोपमा राजधानी नेपिटोमा सेनाले बनाएको जेल परिसरमा नजरबन्दमा राखिएकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई एकान्त कारावासमा सारिएको छ ।
युक्रेनले रुसले डोनबास क्षेत्रको पूर्वी औद्योगिक शहर लिसिचान्स्कमा भारी गोलाबारी गरिरहेको बताएको छ ।
बेलायतमा रेलवे कामदारका नेटवर्कले तीन दशकभन्दा धेरै समययताको ठूलो हडताल सुरु गरेका छन् ।
भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका छन् ।
साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले जुन २२ मा टर्की भ्रमण गर्ने कार्यक्रम तय भएको टर्कीका अधिकारीले शुक्रवार एएफपीलाई बताएका छन् ।
उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ ।
मध्य इरानमा बुधबार मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
भारतमा सोमबार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
इन्डोनेसियाको तटमा खराब मौसममा इन्धन सकिएर डुङ्गा डुबेपछि ३१ जनाको उद्धार गरिएको छ । यद्यपि, ११ जना अझै बेपत्ता रहेका एक अधिकारीले सोमबार जानकारी दिएका छन् ।
लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् ।
चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक दुई दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य–कोभिड नितीलाई निरन्तरता दिएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेन र दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक—योलका बीचमा शनिबार भेटवार्ता भएको छ ।