• १५ जेठ २०८१, मङ्गलबार

ट्युनिसियामा डुङ्गा डुब्दा ७० भन्दा बढी आप्रवासी बेपत्ता

blog

फाइल तस्बिर

ट्युनिस, जेठ ११ गते । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् ।

भूमध्यसागरमा सो डुङ्गा डुबेर दुर्घटना भएको तटरक्षकहरुले बुधबार जानकारी दिएका छन् । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहमा करिब १०० यात्रु बोकेको डुङ्गा पल्टिएको थियो  । 

तटरक्षक र नौसेनाको टोलीले २४ जनालाई पानीबाट बाहिर निकालेका नेशनल गार्डका प्रवक्ता हौसेम एडिनले बताउनुभएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको  छैन ।