• ६ जेठ २०८१, आइतबार

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

blog

किभ, वैशाख २८ गते । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मङ्गलबार युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिनुभएको हो ।

उहाँले युक्रेनको मन्त्रिपरिषदले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताउनुभयो । प्रधानमन्त्री सामहालले मंगलबार भन्नुभएको छ–अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरु युक्रेन राज्यको मातहतमा आएका छन्, मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले सो कानुन बनाएको छ ।

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरुको पुनर्निर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुनेगरी कानुन बनाएको उहाँले बताउनुभयो । युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरु जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुनर्निर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी उहाँले दिनुभएको हो ।