• १६ भदौ २०८१, आइतबार

उत्तर कोरियामा एक जनामा कोभिड सङ्क्रमण भेटियो

blog

प्योङयाङ, वैशाख २९ गते । उत्तर कोरियामा एकजनामा कोभिड १९ को सङ्क्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले यहाँ गएको दुई वर्षपछि पहिलो पटक एक जनामा यो संक्रमण पाइएको जानकरी बिहीबार मात्र दिएको हो ।

सो समाचार समितिकाअनुसार राजधानी प्योङयाङका केही विरामीहरुमा गरिएको परीक्षणबाट एक जनामा यो सङ्क्रमण पाइएको हो । यहाँ पाइएको सङ्क्रमण कोभिडको ओमिक्रोन भर्सन भएको पनि पाइएको समाचारमा जनाइएको छ । यो संक्रमण पाइएपछि यहाँको सरकारले यसलाई राष्ट्रिय सङ्कटको अवस्था भनेको पनि सो समाचार समितिले जनाएको छ ।