• १६ भदौ २०८१, आइतबार

मलेसियालमा दुई हजारभन्दा बढी सङ्क्रमित, चार जनाको मृत्यु

blog

क्वाललम्पुर, वैशाख २६ गते । मलेसियामा गएको २४ घण्टामा २ हजार जनाभन्दा बढी कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ गएको २४ घण्टामा दुई हजार १५३ जना कोरोना सङ्क्रमित भेटिएका हुन् । त्यसैगरी, गएको २४ घण्टा यतामात्र यहाँका सङ्क्रमितमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन् ।

यहाँ अहिलेसम्म ३५ हजार ५८३ जनाको कोरोना भाइरसको सङ्क्रमणबाट निधन भएको बताइएको छ । त्यसैगरी, यहाँ अहिलेसम्म ४४ लाखभन्दा बढी सङ्क्रमित भएका पनि पाइएको छ । यहाँ अहिले पनि २६ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमितहरु रहेका बताइएको छ । तीमध्ये थोरै मात्र सङ्क्रमितहरुमा यो भाइरसको असर देखिएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।