• १६ भदौ २०८१, आइतबार

प्रधानमन्त्रीमा विक्रमसिङ्घे

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख ३० गते । आर्थिक सङ्कटपछिको प्रदर्शनले तनावग्रस्त  श्रीलङ्कामा विपक्षी नेता रनिल विक्रमसिङ्घे नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ । अनियन्त्रित प्रदर्शनकाबीच अन्तरिम प्रधानमन्त्रीका रूपमा बिहीबार विक्रमसिङ्घेले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुभएको छ । उहाँ श्रीलङ्काका पूर्वप्रधानमन्त्री हुनुहुन्छ । 

राष्ट्रपति गोटाबाया राजापाक्षसँगको गम्भीर छलफलपछि विक्रमसिङ्घे श्रीलङ्काको नयाँ प्रधानमन्त्री बन्न तयार हुनुभएको जनाइएको छ । आर्थिक सङ्कटले निम्त्याएको अभावजन्य परिस्थितिमा उत्पन्न तनावपूर्ण प्रदर्शनका कारण तत्कालीन प्रधानमन्त्री माहिन्दा राजापाक्षले सोमबार पदबाट राजीनामा दिनुभएको थियो ।