• १२ साउन २०८१, शनिबार

पाकिस्तानका विदेशमन्त्री अमेरिका जाने

blog

इस्लामावाद, वैशाख २६ गते । पाकिस्तानका विदेशमन्त्री बिलावाल भुट्टो जर्दारी अमेरिका जानुहुने भएको छ । यही मे महिनाको मध्यतिर उहाँले अमेरिकाको भ्रमण गर्ने तयारी भइरहेको सरकारी अधिकारीहरुले सोमबार जनाएका छन् ।

कूटनीतिक स्राेतलाई उल्लेख गर्दै विभिन्न सञ्चार माध्यमहरुले लेखेको समाचारअनुसार उहाँ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनको निमन्त्रणामा अमेरिका जान लाग्नुभएको हो । उहाँहरुका बीचमा केही दिन अगाडि मात्रै टेलिफोनमा कुराकानी भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिका—पाकिस्तान सम्बन्धको ७५औँ वार्षिकोत्सवको अवसरमा उहाँहरुका बीचमा टेलिफोन संवाद भएको हो ।

उहाँहरुले आपसी सम्बन्ध थप बलियो बनाउदै लैजाने, सहकार्यका नयाँ ढोकाहरु खोल्नेलगायतका विषयमा पनि कुरा गर्नुभएको जनाइएको छ ।