• ६ जेठ २०८१, आइतबार

बेइजिङमा शून्य–कोभिड नीति

blog

बेइजिङ, वैशाख २६ गते । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा  सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल साङ्घाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि साङ्घाई शहरमा तालाबन्दी तीव्र भएको छ । 

पूर्वी पावरहाउस शहरले महामारी सुरु भएदेखि नै चीनको सबैभन्दा खराब प्रकोपविरूद्ध आफ्नो लडाइँ जितेको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेइजिङले हालैका हप्ताहरुमा कोरोना सङ्क्रमणका सयौं व्यक्तिहरु भेटिएका छन् । सोमबार बेइजिङमा ४५ जना नयाँ कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।  यो अपेक्षाकृत सानो सङ्ख्या हो । तर प्रतिबन्धहरु हलचल गर्न पर्याप्त भएको बताइन्छ ।

चीनमा ओमिक्रोन भेरिएन्टको वृद्धि भएको असर साङ्घाई शहरमा अत्यधिक रुपमा परेको जनाइएको छ  । यस शहरमा कोरोना सक्रमणको कारण पाँच सयभन्दा बढीको मृत्यु भएको आधिकारिक तथ्याङ्कले जानकारी दिएको छ ।