• ४ जेठ २०७९, बुधबार

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघारको जनाको मृत्यु

blog

फाइल तस्बिर

मियामी, वैशाख ३० गते । पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात सङ्ख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ । अन्य ३१ जनालाई उद्धार गरिएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

३१ जना लाई जीवित उद्धार गरिएको तटीय गार्डले ट्वीटमार्फत जानकारी दिएका छन् । उद्धार गरिएका यी व्यक्तिहरुमा ११ महिला र २० पुरुष रहेका जनाइएको छ । एघार जना भने मृत्यु भएको  छ । पोर्टो रिकोको डेसेचियो टापुबाट करिब १९ वर्गकिलोमिटर उत्तरमा गैरकानूनी रुपमा यात्रामा रहेको एक डुङ्गा पल्टेको  जनाइएको छ । डुङ्गामा सवार धेरै मानिसहरू हाइटीका रहेका थिए ।

यो डुङ्गामा कति जना थिए भन्ने स्पष्ट छैन । दुर्घटनाको कारणलगायत सवै विषयको अनुसन्धान जारी रेहको जनाइएको छ । पोर्टो रिको एक क्यारिबियन टापु र असंगठित अमेरिकी क्षेत्र हो ।