• १५ चैत २०८०, बिहिबार

कतारी राजकुमारी कञ्चनजङ्घा हिमालको चुचुरोमा

blog

काठमाडौं, वैशाख २७ गते । कतारी राजकुमारी शेखा आश्मा अलथानीले विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आरोहण गर्नुभएको छ ।

कतारी राजकुमारी आश्मा विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) आरोहण गर्ने पहिलो अरब महिला बन्नुभएको छ । उहाँले मे ८ तारिखका दिन कञ्चनजङ्घा हिमालको आरोहण गर्नुभएको होे ।

आफ्नो इन्स्टाग्राममा स्टाट्स राख्दै आश्माले कञ्चनजङ्घा शिखरमा पुग्ने पहिलो अरब महिला हुन पाएकोमा गर्व लागेको बताउनुभयो ।

‘‘म केहि दिन विरामी परेकी थिए ।  हिमाल चढ्न सक्दिन की जस्तो लागेको थियो । तर, जम्मा दुई दिनमै भव्य कञ्चनजङ्घाको सफल आरोहण गर्यौं ।,’’ उहाँले लेख्नुभएको छ, ‘‘हिमाल चढ्न सहज थिएन । कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो हिमाल हो, यो हिमालको सफल आरोहणसँगै मेरो उत्साह बढेको छ र अझै उच्च शिखर चुम्ने बाटोमा अघि बढ्न प्रेरणा मिलेको छ ।’’

उहाँले आफ्नो सफलताका पछाडि बलियो टीमको साथ र सहयोग रहेको पनि उल्लेख गर्नुभएको छ । जसमा निम्स दाईलगायतका टीमले उनलाई शिखरमा पुग्न सहयोग गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न निम्स दाईलगायतका टीमसँग त्यसतर्फ प्रस्थान गरेकी कतारी राजकुमारी केही समय हिमाल आरोहणमै रहने बताउनुभयो । यस क्रममा सगरमाथा आरोहणको समेत प्रयास गर्ने उहाँ बताउनुहुन्छ ।