• ८ वैशाख २०८३, मङ्गलबार

प्रधानमन्त्रीसँग अर्थमन्त्री र योजना अयोगका पदाधिकारीको छलफल

blog

छलफलमा सहभागी प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलगायत । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौँ, वैशाख ८ गते । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमामा छलफल भएको हो । 

छलफलमा अर्थमन्त्री वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारी र नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीसँग सहभागी हुनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बैठक विशेषगरी सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्र पहिचान गर्न र ती प्राथमिकतालाई आगामी बजेट तथा कार्यक्रमसँग प्रभावकारी रूपमा जोड्न केन्द्रित रहेको छ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान जस्ता गरिमामय निकायको वर्तमान जिम्मेवारी, उनीहरूले तर्जुमा गरेका कार्यक्रम र बजेटको सान्दर्भिकताका बारेमा चासो व्यक्त गर्नुभएको छ। 

बैठकमा प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई गति दिन र जनअपेक्षा अनुसारका काम अघि बढाउन सबै निकायबिच समन्वय हुनुपर्नेमा जोड दिनुभएको छ। सहभागी निकायले आ-आफ्नो कार्यक्षेत्रमा भोगिरहेका समस्या र कार्यसम्पादनमा सुधार ल्याउन चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीलाई जानकारी गराएका छन्।