इरानद्वारा धर्मगुरु अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड
इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ ।
बङ्गलादेशमा रेल दुर्घटना : एकको मृत्यु, आठ घाइते
बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भागस्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मानव अधिकार संरक्षणका लागि शान्ति र सुरक्षामा जोड
युक्त राष्ट्रसङ्घ मानवअधिकार उच्चायुक्त भोल्कर टर्कले मङ्गगलबार मानव अधिकारको संरक्षण र प्रवर्द्धनमा शान्ति र सुरक्षाको महत्त्वलाई जोड दिँदै सबै उपायहरूले अन्ततः तनाव रोक्न योगदान पुर्याउनुपर्ने बताउनुभएको छ ।
एडीबीद्वारा चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण
एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ । चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो ।
गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय नाघ्यो
गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको सङ्ख्या १८ हजार चार सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।
पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण : २३ जनाको मृत्यु
पाकिस्तानी सेनाको आधार शिविरमा मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीबानले लिएको छ ।
डेरा इस्माइल खानको प्रहरी चौकीमा आक्रमण : तीन प्रहरीको मृत्यु, १६ घाइते
आतङ्कवादीहरूले डेरा इस्माइल खानस्थित प्रहरी चौकीमा आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई तीन करोड २० लाख डलर ऋण
एसियाली विकास बैङ्क एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई तीन करोड २० लाख ऋण स्वीकृत गरेको छ ।
कोप २९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत
कोप २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप २९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गर्नुभएको छ ।
जिम्बाब्वेमा खडेरीले सय हात्ती मरे
जिम्बाब्बेस्थित हृाङग्रे राष्ट्रिय निकुञ्जमा एल निनो नामक खडेरीका कारण कम्तीमा एक सय वटा हात्तीको मृत्यु भएको अन्तर्राष्ट्रिय पशु कल्याण तथा संरक्षण समूहले सोमबार जनाएको छ ।
इरानद्वारा नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावना अस्वीकार
इरानले नयाँ आणविक सम्झौताका लागि वार्ताको सम्भावनालाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले तेहरानले आफ्नो आणविक कार्यक्रममा नयाँ सम्झौताको कुनै आवश्यकता नदेखेको बताउनुभएको हो ।
इराकी राष्ट्रपति पहिलो पटक साइप्रस भ्रमणमा
इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमबार साइप्रसको औपचारिक भ्रमण गर्नुभएको छ । पूर्वी भूमध्यसागरीय टापुले ६३ वर्षअघि स्वतन्त्रता पाएपछि भ्रमण पहिलो पटक भएको हो ।
अमेरिकी लडाकु विमान दक्षिण कोरियामा दुर्घटनाग्रस्त
अमेरिकी एफ १६ लडाकु विमान पश्चिमी दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको छ ।
अस्ट्रेलिया जान कडाइ : वार्षिक ५० प्रतिशतले घटाउने
अस्ट्रेलिया सरकारले आउँदो दुई वर्षभित्र आफूले स्वीकार गर्ने विदेशी आप्रवासीको सङ्ख्या आधा घटाउने जनाएको छ।
बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित
आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार बिहानदेखि बेइजिङमा सडक यातायात अवरुद्ध भएको छ ।
इजरायली तोपखाना पहिलो पटक गाजा क्षेत्रमा
इजरायली सेनाले गाजा क्षेत्रमा पहिलो पटक तोपखना सञ्चालन गरेको छ । इजराली भूमिमाथि आक्रमण भएपछि ुडिफेन्स फोर्स आर्टीलरीु गाजा पट्टी भित्र तैनाथ गरिएको सेनाले जनाएको छ ।
इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु
इजिप्टमा राष्ट्रपतीय निर्वाचनका लागि मतदान सुरु भएको छ । विदेशमा रहेका इजिप्टका मतदाताहरूले यसअघि डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म मतदान गरेका थिए ।
बङ्गलादेशका पाँच विपक्षी नेताको कारागारमा मृत्यु
प्रमुख विपक्षी दलका पाँच सदस्यको पछिल्लो दुई सातामा कारागारमा मृत्यु भएको अधिकारी र आफन्तहरूले आइतबार बताएका छन् ।
रोमको अस्पतालमा आगलागी, चारको मृत्यु : २०० जनाभन्दा बढीको उद्धार
रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।
इरानद्वारा १३ हजार अवैध अफगान आप्रवासी निष्कासित
इरानले १३ हजार २०४ जना अवैध अफगान आप्रवासीलाई निष्कासन गरेको छ ।
भारतले गर्यो प्याज निर्यातलाई कानुनी रूपमै प्रतिबन्ध
भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागूभएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।
जलवायु नोक्सान तथा क्षति कोषको कार्यान्वयनमा जोड
संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना भइरहेको जलवायु विश्व सम्मेलनमा जलवायु नोक्सान तथा क्षति कोषको स्थापना गर्ने निर्णय गरेपछि नेपाल लगायतका कम विकसित मुलुकले यसको कार्यान्वयन छिटो हुनुपर्नेमा जोड दिएका छन् ।
पुटिनले फेरि राष्ट्रपतिको चुनाव लड्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रश्तुत गर्नुभएको छ ।
इरानी राष्ट्रपति रुसमा : इजरायली आक्रमण नियन्त्रण प्रयास छलफलको मुख्य विषय
इरानी राष्ट्रपति इब्राहिम रायसीले बिहीबार रुस भ्रमणका क्रममा गाजा क्षेत्रमा भएको इजरायली आक्रमणलाई तत्काल रोक्ने विषय छलफलको मुख्य विषय भएको बताउनुभएको छ ।