नाइजेरियाद्वारा २०२४ का लागि ३४.८ बिलियन अमेरिकी डलर विनियोजन
नाइजेरियाले २०२४ मा आर्थिक वृद्धिका लागि ३.७६ प्रतिशत लक्ष्य निर्धारण गरेको छ । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले नाइजेरियाको राजधानी अबुजामा रहेको राष्ट्रियसभाको संयुक्त सत्रमा २०२४ विनियोजन विधेयक पेश गर्दै यस्तो लक्ष्य राखेको बताउनु भयो ।
द्वन्द्वले ध्वस्त घर खोज्न फर्किए गाजावासी
इजरायल र हमासबीचको अस्थायी युद्धविरामको क्रममा केही गाजाका बासिन्दाहरू आफ्नो घर फर्केका छन् । तर उनीहरुले भग्नावशेष मात्र भेटिएका छन् ।
अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झर्यो
अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना यताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो ।
सन् २०२२ मा इयुको रक्षा खर्च इतिहासकै उच्च
युरोपेली सङ्घ (इयु) का सदस्य राष्ट्रहरूले सन् २०२२ मा रक्षा खर्चका लागि सामूहिक रूपमा २४० बिलियन यूरो (२६२.४ बिलियन अमेरिकी डलर) विनियोजन गरेको तथ्याङ्कले देखाएको छ ।
जलवायु सम्मेलनमा जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न राष्ट्रहरूको आग्रह
संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा आजदेखि सुरु भएको छ । तेलको धनी आयोजक संयुक्त अरब इमिरेट्स (युएई) को गहन परीक्षाबिच राष्ट्रहरूले विश्वव्यापी तापक्रममा कारबाही अगाडि बढाउन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न आग्रह गरेका छन् ।
कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ जनाको मृत्यु
कजाकिस्तानको सबैभन्दा ठूलो सहर अल्माटीमा बिहीबार बिहानै एक छात्रवासमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको सहरको आपत्कालीन स्थिति विभागले जनाएको छ ।
चीनको कारखाना गतिविधि लगातार दोस्रो महिना सङ्कुचित
चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ ।
फ्रान्सद्वारा धूमपान गर्न नपाइने स्थान विस्तार
फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धूमपान गर्नेहरूको सङ्ख्या घटाउने लक्ष्य राखेको छ ।
अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
अमेरिकी कूटनीतिज्ञ हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा बुधबार निधन भएको उहाँको परामर्श संस्थाले बताएको छ ।
गाजामा भोकमरीको सङ्कट उच्च : संयुक्त राष्ट्रसङ्घ
गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ ।
रुसले इरानलाई सैन्य विमान दिने
इरानका उपप्रधानमन्त्री मेहदी फराहीले रुसले इरानलाई सैन्य विमान पठाउने प्रक्रिया अन्तिम तयारीमा पुगेको बताउनुभएको छ ।
बङ्गलादेश र एडिबीबिच एक अर्ब अमेरिकी डलरको ऋण सम्झौता
बङ्गलादेश सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच एक अर्ब अमेरिकी डलरभन्दा बढीको ऋण सम्झौतामा मङ्गलबार हस्ताक्षर भएको छ ।
सुरुङभित्र १७ दिन फसेका कामदारको जीवितै उद्धार
आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।
पति–पत्नीको झगडाले विमान दिल्ली डाइभर्ट
यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ डाइभर्ट गरिएको छ ।
गाजाबाट थप १२ बन्धक रिहा
प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजरायल र हमासबिचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबिच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।
सुरुङमा फसेका मजदुरलाई बाहिर निकाल्न सुरु
विगत १७ दिनदेखि उत्तराखण्डको उत्तरकाशी एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ।
जापानले चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने
जापानले परीक्षणका रूपमा चिकित्सकको प्रेस्क्रिप्सनबिना गर्भनिरोधक चक्की बिक्री गर्ने पाइलट प्रोजेक्ट सुरु गरेको छ । यद्यपि अभियानकर्ताहरूले उक्त प्रोजेक्टलाई अत्यन्त सानो भनेर आलोचना गर्दै सबै प्रतिबन्ध हटाउन आह्वान गरेका छन् ।
फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरू पुनः शान्ति वार्ता गर्न सहमत
फिलिपिन सरकार र कम्युनिष्ट विद्रोहीहरूले उनीहरू दशकौँ पुरानो विद्रोह अन्त्य गर्नका लागि शान्ति वार्ता पुनः सुरु गर्न सहमत भएको मङ्गलबार बताएका छन् ।
दक्षिण अफ्रिकाको प्लाटिनम खानीमा लिफ्ट खस्दा ११ को मृत्यु
दक्षिण अफ्रिकाको एउटा विशाल प्लाटिनम खानीमा मजदुरहरूलाई सतहमा लैजाँदै गरेको एउटा लिफ्ट नियन्त्रण बाहिर गएर खस्दा ११ जनाको मृत्यु र ७५ जना घाइते भएको खानी सञ्चालकहरूले मङ्गलबार बताएका छन् ।
चीनले विदेशी कम्पनीको अधिकार र बौद्धिक सम्पत्तिको रक्षा गर्नुपर्छ : चीनका राष्ट्रपति सी
चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कम्पनीहरूको अधिकार र बौद्धिक सम्पत्तिका लागि व्यापक सुरक्षाको आदेश दिनुभएको सरकारी मिडियाले मङ्गलबार बताएको छ ।
अस्ट्रेलियाले जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने
अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि डिस्पोजेबल भेपको आयातमा प्रतिबन्ध लगाउने मङ्गलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् ।
जलवायु परिवर्तनले पहिले नै जिडिपी घटाएको छ : प्रतिवेदन
जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौँ डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप २८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ ।
चट्याङ लागेर गुजरातमा १८ जनाको मृत्यु
भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
दुलाहाद्वारा विवाहको दिन दुलहीसहित चारजनाको हत्या
एक सम्मानित थाई पारा एथलिटले आफ्नो विवाहको रिसेप्सनमा आफ्नी दुलही र अन्य चारजनाको हत्या गर्नुअघि आफैँलाई बन्दुकले उडाएको प्रहरीले सोमबार बताएको छ ।