• १२ मंसिर २०८१, बुधबार

अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झर्‍यो

blog

काठमाडौं, मङ्सिर १५ गते । अस्ट्रेलियाको मुद्रास्फीति ४.९ प्रतिशतमा झरेको छ । अस्ट्रेलियाको मुद्रास्फीति दर १८ महिना यताकै न्यून स्तरमा झरेको आधिकारिक तथ्याङ्कले देखाएको हो ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)द्वारा प्रकाशित तथ्याङ्कअनुसार उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) अक्टोबरसम्मको १२ महिनामा ४.९ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ५.६ प्रतिशतले बढेको थियो ।

भाडा मूल्य १२ महिनाको अवधिमा ६.६ प्रतिशतले बढेको छ । जुन वर्षको सेप्टेम्बरमा ७.६ प्रतिशतले घटेको छ भने नयाँ बासस्थानको मूल्यमा ४.७ प्रतिशत वार्षिक वृद्धि भएको छ । यो अगस्ट २०२१ यताकै न्यून सङ्ख्या हो ।

जुन २०२३ को तुलनामा अक्टोबरमा बिजुलीको मूल्य ८.४ प्रतिशत बढी थियो । छुट्टी यात्रा र आवास मूल्यहरू सेप्टेम्बर र अक्टोबरबीच ७ प्रतिशत र सोही अवधिमा मोटर वाहन इन्धन मूल्य २.९ प्रतिशतले घटेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल