हिरासतमा रहेका दक्षिण कोरियाली खेलाडीलाई क्रिसमसअघि रिहा गर्न आग्रह
दक्षिण कोरियाका फुटबल प्रशिक्षक जर्गेन क्लिन्सम्यानले विश्वकप फुटबल प्रतियोगिताका मिडफिल्डर सन जुन–होलाई क्रिसमसको समयमा रिहा गर्न चीन सरकारसँग आग्रह गर्नुभएको छ ।
बेलायत र भूपू गोर्खाबिच वार्ता, मागहरू दीर्घकालीन समाधानको माग
नेपाल र संयुक्त अधिराज्य(बेलायत) सरकारबिच भूतपूर्व गोर्खाको पेन्सन र सुविधालगायतका विषयमा बेलायतको रक्षा मन्त्रालयमा बुधवार मन्त्री स्तरीय वार्ता सम्पन्न भएको छ ।
इजरायल र हमासबीच युद्धविराम : विश्व नेताबाट स्वागत
इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।
पाकिस्तानले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि अफगान सीमा व्यापार पुनः सुरु
इस्लामाबादले नयाँ भिसा प्रवेशाज्ञा नियमलाई निलम्बन गरेपछि पाकिस्तान र अफगानिस्तानबिचको सीमापार व्यापार बुधबार सामान्य अवस्थामा फर्किएको दुवै देशका अधिकारीहरूले बताएका छन् ।
इगुआना आक्रमण : थाइल्यान्डको घेरामा सरीसृप
थाइल्यान्डले ग्रामीण इलाकाहरूमा उपद्रव गर्ने, खेतहरूमा हमला गर्ने र स्थानीय वातावरणलाई हानि पुर्याउने एक सय ५० भन्दा बढी इगुआना (छेपारो) लाई पक्रिएको अधिकारीहरूले बताएका छन् ।
गाजामा इण्डोनेसियाले पठायो थप २१.७ टन सहायता सामग्री
इण्डोनेसियाले गाजाका लागि थप सहायता सामग्री पठाएको छ । इण्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो ।
गाजाबाट १७० नागरिकलाई स्वदेश ल्यायौँः टर्की मन्त्रालय
टर्कीले गाजा पट्टीबाट हालसम्म आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ ।
जर्मन रक्षामन्त्रीको अघोषित युक्रेन भ्रमण
जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियस रुसी सेनाविरुद्धको लडाइँमा युक्रेनका लागि बर्लिनको समर्थन पुष्टि गर्न मङ्गलबार अघोषित भ्रमणका क्रममा किएभ पुग्नुभएको छ ।
गाजा युद्धविराम सम्झौता ‘नजिक’ : हमास
हमास नेता इस्माइल हानियेहले इजराइलसँग युद्धविराम सम्झौताको सम्भावना रहेको मङ्गलबार बताउनुभएको छ ।
जिम्बाबेमा हैजाको प्रकोप बढ्यो, १२ जनाको मृत्यु
जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नका लागि बढ्दो स्वच्छता अभ्यासहरूका लागि आह्वान गरिएको हो ।
अर्जेन्टिनाको राष्ट्रपतिमा जाभियर माइली विजयी
दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका जाभियर माइलीले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गर्नुभएको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ ।
गाजापट्टीका ६१ जना बिरामी उपचारका लागि टर्कीमा
गाजापट्टीका ६१ जना बिरामी उपचारका लागि टर्की पुगेका छन् । ४९ जना आफन्तसहित सोमबार टर्कीको राजधानी अंकारामा उपचारका लागि उनीहरु पुगेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनु भयो ।
टिकटक रोक्नै पर्ने कारण यस्ता छन्
सरकारले टिकटकको प्रयोगमा रोक लगाउने निर्णय गत कात्तिक २७ गते गरेपछि यसको समर्थन र विरोधमा बहस चलिरहेको छ । यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट पनि परेका छन् । तिनको पेसी सोमबार तोकिए पनि हेर्न नभ्याउने सूचीमा परेको छ । सरकारले अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले वास्तविक समयका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियो रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा सेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको स्पष्ट गरेको छ ।
सुरुङमा फसेका कामदार निकाल्न नयाँ सुरुङ खन्ने
भारतीय उद्धारकर्मीहरूले नौ दिनदेखि सुरुङमा फसेका ४१ मानिसलाई निकाल्नका लागि सङ्घर्ष गरिरहेका छन् । पछिल्लो प्रयास असफल भएपछि उनीहरूले नयाँ सुरुङ खन्ने प्रयास गरिरहेका छन् ।
गाजामा मानवीय सङ्कट रोक्न विश्वले ‘तुरुन्त कदम चाल्नुपर्छ’ : चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार अरब तथा मुस्लिम बहुल राष्ट्रका कूटनीतिज्ञहरूको भ्रमण टोलीलाई गाजामा बढिरहेको ‘मानवीय विपत्ति’ रोक्न विश्व समुदायले तत्काल कदम चाल्नुपर्ने बताउनुभएको छ ।
कङ्गोमा चुनावी अभियान सुरु
कङ्गोमा चुनावी अभियान सुरु भएको छ । डिसेम्बर २०, २०२३ का लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको अभियान आधिकारिक रूपमा आइतबारबाट प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) मा सुरु भएको हो ।
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठायो
इजिप्टले युद्धग्रस्त गाजामा १९० ट्रक सहायता सामग्री पठाएको छ । इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी एन्क्लेभमा १९० भन्दा बढी सहायता बोकेका ट्रकहरू पठाएको हो ।
जोशीको अवस्था अझै अज्ञात, खोजीकार्य जारी
इजरायलमा हमास समूहले गत अक्टोबर ७ तारिखमा आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेकामध्येमा नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात नै रहेको छ ।
अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
आज ३४औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले आजका दिन अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।
‘मृत्यु क्षेत्र’ बाट ३१ शिशुको उद्धार, ३१६ जना अझै अस्पतालभित्रै
प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास) को नियन्त्रणमा रहेको गाजा पट्टीका उच्च स्वास्थ्य अधिकारीले अल–शिफा अस्पताललाई ‘मृत्यु क्षेत्र’ का रूपमा उल्लेख गर्दै महिना नपुगी जन्मिएका त्यहाँ रहेका सबै ३१ जना शिशुलाई आइतबार उक्त अस्पतालबाट बाहिर निकालिएको बताएका छन् ।
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इन्डोनेसिया पुगे : संयुक्त राष्ट्रसङ्घ
पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थीले भरिएको तीन वटा डुङ्गा आइतबार इन्डोनेसियाको सबैभन्दा पश्चिम प्रान्तमा आइपुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी (युएनएचसिआर) ले बताएको छ ।
गाजामा राष्ट्रसङ्घद्वारा सञ्चालित विद्यालयमा आक्रमण
संयुक्त राष्ट्रसङ्घद्वारा उत्तरी गाजामा सञ्चालित एक विद्यालयमा आक्रमण भएको राष्ट्रसङ्घले शनिबार पुष्टि गरेको छ । राष्ट्रसङ्घका एक शीर्ष अधिकारीले यसलाई ‘डरलाग्दो’ घटनाका रूपमा वर्णन गरेको सिएनएनले बताएको छ ।
सुरुङमा फसेका कामदार मुक्त गर्न नयाँ सुरुङ बनाउने विचारमा भारत
भारतीय उद्धारकर्मीहरूले एउटा भत्किएको सुरुङमा फसेका ४१ कामदारलाई बाहिर निकाल्न ठाडो सुरुङ बनाउने विचार गरिरहेका छन् ।
बङ्गलादेश क्रिकेट कप्तान शकिबको राजनीतिमा प्रवेश
बङ्गलादेशका क्रिकेट सुपरस्टार शकिब अल हसन औपचारिकरूपमा राजनीतिमा प्रवेश गर्नुभएको छ ।