काठमाडौं, मङ्सिर ६ गते । इण्डोनेसियाले गाजाका लागि थप सहायता सामग्री पठाएको छ । इण्डोनेसियाले गाजामा मानवीय सहायताको दोस्रो चरणमा २१.७ टन तौलको सहायता सामग्री पठाएको हो ।
जसमा इण्डोनेसिया सरकारबाट ३.३ टन स्वास्थ्य सामग्री र १८.४ टन इण्डोनेसियाका जनताबाट खाना, गद्दा, कम्बल, सरसफाइ किटलगायत अन्य सामग्री समावेश छन् ।
गाजापट्टीमा युद्ध जारी भएपछि इजरायलले विभिन्न खाद्य तथा स्वास्थ्य सामग्रीको आपूर्ति रोकेपछि अन्य देशहरुले गाजामा सहायता सामग्री पठाउँदै आएका छन् । इजरायल-हमास युद्धका कारण गाजापट्टीको अवस्था दयनीय बनेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल