पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण
पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैठौंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।
टर्की प्रहरीद्वारा १७ जना आईएस सन्दिग्ध पक्राउ
र्की प्रहरीले इस्तानबुलमा १७ जना आईएस सन्दिग्धलाई पक्राउ गरेको छ । टर्की काउन्टर टेरर पुलिसले इस्तानबुलमा गरेको अपरेसनमा इस्लामिक स्टेट (आईएस) समूहसँग संवद्ध १७ संदिग्धलाई पक्राउ गरेको इहलास समाचार एजेन्सीले जनाएको छ ।
तीन अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित
विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको हो । मानव समुदायलाई मानवजन्य दिसा र पिसाबबाट उत्पन्न हुनसक्ने जीवाणुले ल्याउने रोगब्याधिबाट बचाउन शौचालय निर्माण गर्ने र प्रयोग गर्ने बानी विकसित गराउन यो दिवस मनाउन सुरु गरिएको हो ।
झारखण्डमा कार रुखमा ठोक्किँदा पाँच जनाको मृत्यु, पाँच गम्भीर
झारखण्डको गिरिध जिल्लामा शनिबार कार रूखमा ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।
दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु
दक्षिण अस्ट्रेलियामा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ । दक्षिण अष्ट्रेलिया (एसए) को एक ग्रामीण भेगमा गोली चल्दा एक प्रहरी अधिकारीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पोल्याण्डका किसानद्वारा युक्रेन सीमाक्षेत्रमा विरोध
पोल्याण्डको रेजेस्जो क्षेत्रका ट्रेड युनियनका किसानहरू पोल्याण्ड–युक्रेनी सीमामा पोल्याण्ड ट्रक व्यवसायीहरूले गरेको विरोधमा सामेल भएका छन् ।
शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लाग्यो : इजरायली सेना
इजरायली प्रतिरक्षा फौज (आइडिएफ) ले गाजास्थित शिफा अस्पताल परिसरमा हमासको आतङ्कवादी सुरुङ पत्ता लागेको बताएको छ ।
इजरायल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गर्नुभएको छ ।
दक्षिण फिलिपिन्समा ६.७ म्याग्निच्युडको भूकम्प
दक्षिण फिलिपिन्समा शुक्रबार छ दशमलव सात म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले बताएको छ ।
अष्ट्रेलियामा प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु
अष्ट्रेलियाले प्रविधिको सुरक्षित प्रयोगलाई प्रवर्द्धन गर्न पहिलो एआई महिना सुरु गरेको छ ।
फ्लाई दुबई एयरलाइन्सद्वारा काबुलका लागि उडान सुरु
फ्लाई दुबई एयरलाइन्सले बुधबार दुबई र अफगानिस्तानको राजधानी काबुलबीचको उडान पुनः सुरु गरेको अफगानिस्तानको सरकारी रेडियो टेलिभिजन (आरटीए) ले जनाएको छ ।
चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट
। चिसो मौसम र वर्षाले गाजामा मानवीय सङ्कट बढाएको छ ।प्यालेस्टाइन–इजरायली द्वन्द्व ४० दिनभन्दा बढी चलिरहेको बेला धेरै गाजानीहरूले आफ्ना परिवारका सदस्य र घरहरू गुमाएका छन् ।
अमेरिकाको ‘साझेदार र मित्र’ बन्न चीन तयार छ : सी
चीनका राष्ट्रपति सी जिनफिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताउनुभएको छ।
दक्षिण कोरियामा लाखौँ रोजगारी जोखिममा
आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स) प्रविधिले प्रतिस्थापन गर्ने जोखिममा रहेको बिहीबार जारी केन्द्रीय बैङ्कको एक अध्ययनमा बताइएको छ ।
आगलागीबाट चीनमा २५ को मृत्यु
उत्तरी चीनको साङ्सी प्रान्तमा बिहीबार एउटा भवनमा आगलागी हुँदा २५ जनाको मृत्यु भएको र दर्जनौँलाई अस्पताल पुर्याइएको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
बाइडेन र सीद्वारा सैन्य सम्बन्ध पुनःस्थापित
अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका चिनियाँ समकक्षी सी जिनपिङ एक वर्षमा उहाँहरूको पहिलो शिखर सम्मेलनमा सैन्य सञ्चार पुनःस्थापना गर्न सहमत हुनुभएको छ ।
भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित
भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
लाइबेरियामा दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा मतदान सुरु
राष्ट्रपति पदका लागि सत्तारुढ गठबन्धन फर डेमोक्रेटिक चेन्जका वर्तमान अध्यक्ष जर्ज वेह र युनिटी पार्टीका पूर्वउपराष्ट्रपति जोसेफ बोकाईबीच प्रतिस्पर्धा छ ।
बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै
बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औं संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ ।
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु
केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताउनु भयो ।
जिम्बावेमा बस र ट्रक ठोक्किँदा २२ जनाको मृत्यु
जिम्बाब्वेको दोस्रो ठूलो शहर बुलावायो नजिकै एउटा मिनीबस ट्रकसँग ठोक्किँदा २२ जनाको मृत्यु छ ।
तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनमा सुरु
तेस्रो चीन-अमेरिका-क्यानडा बौद्ध मञ्च पूर्वी चीनको झेजियाङ प्रान्तको हाङ्झाउमा सुरु भएको छ । सो भेलामा करिब तीन सय प्रतिनिधि र अतिथिहरू उपस्थित छन् ।
भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना : ३६ जनाको मृत्यु
भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रु वाहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
चीन र अमेरिकाले संयुक्त जलवायु कार्यदल गठन गर्ने
यसै महिना हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनअघि चीन र अमेरिका जलवायु सहयोगमा एउटा कार्य समूह गर्न सहमत भएको दुवै मुलुकले बुधबार बताएका छन् ।