• २० वैशाख २०८१, बिहिबार

केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु

blog

काठमाडौँ, कात्तिक ३० गते । केन्यामा बाढीका कारण ४६ जनाको मृत्यु भएको छ । केन्यामा अल निनो वर्षाका कारण कम्तीमा ४६ जनाको मृत्यु भएको छ भने हजारौँ विस्थापित भएका छन् । आन्तकि क्याबिनेट सचिव किथुरे किन्डिकीले अधिकांशको मृत्यु बाढीका कारण भएको बताउनुभयो ।

सबैभन्दा बढी प्रभावित क्षेत्रहरू उत्तरी केन्याको वाजिर, गारिसा र मन्डेराका साथै पूर्वीमा माकुएनी, कितुई  पश्चिमी केन्याको होमा खाडी  किसुमु रहेका छन् । केन्या सरकाले गारिसा, कितुई  ताना नदी नामक तीन काउन्टीहरूमा नयाँ अलर्ट जारी गरेको छ । ताना र आठ नदी विकास पाधिकरण (टार्डा)ले लगातारको अविरल वर्षाका कारण दुई वटा जलाशयमा पानीको बहाव पाँच मिटरभन्दा माथि पुगेको र कुनै पनि बेला थप बाढी आउन सक्ने चेतावनी दिएको छ । केन्याको मौसम विभागले जनवरीसम्म वर्षा हुने आङ्कलन गरेको छ ।