• १२ मंसिर २०८१, बुधबार

पेड्रो सान्चेजद्वारा स्पेनको प्रधानमन्त्रीको शपथ ग्रहण

blog

स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुहुँदै पेड्रो सान्चेज ।

काठमाडौं, मङ्सिर ३ गते । पेड्रो सान्चेजले स्पेनको प्रधानमन्त्रीको रुपमा शपथ लिनुभएको छ । पेड्रो सान्चेजले स्पेनका राजा फेलिप छैटाैंसँग म्याड्रिडको बाहिरी भागमा रहेको शाही निवासमा संक्षिप्त समारोहमा स्पेनको प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको छ ।

पालासियो डे ला जर्जुएलामा आयोजित समारोह आधिकारिक राज्य बुलेटिन (बीओई) मा सान्चेजलाई प्रधानमन्त्रीको रूपमा पुष्टि भएको दुई घण्टापछि गरिएको थियो । सन् २०१८ र २०२० मा शपथ ग्रहण गर्दा जस्तै, सान्चेजले स्पेनिश संविधानको प्रतिलिपिमा शपथ लिनुभयो ।

शपथ ग्रहण गरेपछि राजा फेलिपले सान्चेजलाई कार्यालयमा फर्किएकोमा बधाई दिनुभयो । बिहीबारको इन्भेष्टिचर भोटमा सान्चेज पक्षमा १७९ र विपक्षमा १७१ मत पाएर प्रधानमन्त्रीमा पुनः निर्वाचित हुनुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल