• १२ मंसिर २०८१, बुधबार

सरकारको बजेट योजनालाई लिएर इटालीमा हड्ताल

blog

काठमाडौं, मङ्सिर ३ गते । इटालियन ट्रेड युनियनहरूले सरकारको बजेट योजनालाई लिएर हड्ताल गरेका छन् ।

हड्तालको समर्थनमा हजारौं मानिस सडकमा उत्रिएका थिए । उनीहरुले राष्ट्रिय श्रम युनियनहरू, कामदारहरूको कल्याणलाई खतरामा पार्नेगरी बजेट नल्याउन चेतावनी दिएका छन् । प्रदर्शनमा करिब ६० हजार मानिस सामेल भएको बताइएको छ । प्रहरी रिपोर्टमा भने ५० हजार उल्लेख छ ।

हड्ताल सुरुमा दिनभर चल्ने भनिएको थियो । तर उपप्रधानमन्त्री र पूर्वाधार तथा यातायात मन्त्री माटेओ साल्भिनीको आदेशपछि चार घण्टामा घटाइएको थियो । हड्तालको प्रभाव सीमित रहेको यातायात मन्त्रालयले जनाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल