• १ जेठ २०८२, बिहिबार

भारत नियन्त्रित काश्मिरमा बस दुर्घटना : ३६ जनाको मृत्यु

blog

नयाँदिल्ली, कात्तिक २९ गते ।  भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु  भएको छ ।  

साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ ।  दुर्घटनाको विस्तृत विवरण पर्खाइमा छ । रासस-सिन्ह्वा