• २२ असार २०८१, शनिबार

बंगलादेशमा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदै

blog

काठमाडौं, कात्तिक ३० गते । बंगलादेशका मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले देशको १२ औँ संसदीय निर्वाचन जनवरीमा हुने बताउनुभएको छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्दै अवलले यस्तो घोषणा गर्नुभएको हो ।

कार्यतालिकाअनुसार उम्मेदवारहरुले नोभेम्बर अन्तिमसम्म उम्मेदवारी दर्ता गर्नुपर्नेछ । उम्मेदवारी फिर्ता लिने अन्तिम मिति डिसेम्बरमा तोकिएको छ । उम्मेदवारहरुले नाभेम्बर अन्तिमदेखि चुनावी प्रचार सुरु गर्न सक्नेछन् । निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै अवालले सबै राजनीतिक दललाई निर्वाचनमा जुट्न आग्रह गर्नुभएको छ । सिन्ह्वा-न्यूज एजेन्सी नेपाल