• १२ मंसिर २०८१, बुधबार

गाजाबाट १७० नागरिकलाई स्वदेश ल्यायौँः टर्की मन्त्रालय

blog

काठमाडौं, मङ्सिर ६ गते । टर्कीले गाजापट्टीबाट हालसम्म आफ्ना १७० नागरिक र उनीहरूका आफन्तहरूलाई स्वदेश ल्याएको विदेशमन्त्री हकान फिदानले बताउनुभएको छ । परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार ४४ जना टर्की नागरिक चार्टर्ड टर्किस एयरलाइन्सको विमानबाट इजिप्ट हुँदै इस्तानबुल पुगेका थिए ।

‘गाजामा अब बस्न सम्भव छैन । (इजरायली) बमबारी रातमा सुरु हुन्छ र बिहान ६ बजेसम्म जारी रहन्छ’ विस्थापित टर्की नागरिकहरूमध्ये एक केरेम हुसेनीले भन्नुभयो । यसैबीच, गाजाबाट अन्य ८७ जना नागरिकलाई लिएर विमान इस्तानबुल आइपुग्ने अपेक्षा गरिएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल