काठमाडौं, मङ्सिर ४ गते । कङ्गोमा चुनावी अभियान सुरु भएको छ ।
डिसेम्बर २०, २०२३ का लागि निर्धारित राष्ट्रपति, विधायिका र स्थानीय चुनावको अभियान आधिकारिक रूपमा आइतबारबाट प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) मा सुरु भएको हो ।
राष्ट्रपतिको निर्वाचनका लागि स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोग (सिइएनआई)द्वारा राष्ट्रपति फेलिक्स सिसेकेडीसहित २६ जना उम्मेदवार दर्ता भएका छन् । राष्ट्रपति फेलिक्स सिसेकेडीले आइतबार आफ्नो अभियान सुरु गर्ने निर्णय गर्नुभयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल