सेना फिर्ता गर्न भारत सहमत भएको माल्दिभ्सको भनाइ
रणनीतिकरूपमा अवस्थित टापु समूह राष्ट्र माल्दिभ्सका राष्ट्रपतिले आफ्नो मुलुकबाट सेना फिर्ता गर्न भारत सहमत भएको बताउनुभएको छ । राष्ट्रपति निर्वाचनअघि उहाँले भारतीय सेना फिर्ता गराउने वाचा गर्नुभएको थियो ।
भारतीय वायुसेनाको विमान दुर्घटना : दुईजना पाइलटको मृत्यु
दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।
बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक : इजरायलका प्रधानमन्त्री नेतान्याहु
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ को मृत्यु, १२ बेपत्ता
इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु र १२ जनाभन्दा बढी बेपत्ता भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले सोमबार बताएको छ । अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए ।
हिटलरलाई चिढ्याउने भर्साइलको सन्धि
मानव इतिहासमा पहिलो विश्व युद्धझै दोस्रो विश्वयुद्ध पनि उत्तिकै कलङ्कका रूपमा रहेको छ । दोस्रो विश्वयुद्धले सारा विश्वलाई तहसनहस पारेको थियो । युद्धका कारण ठूलो जनधनको क्षति भयो । युद्धले करोडौँ निहत्था मानिसको ज्यान लिएको थियो । लाखौँ मानिस अपाङ्ग, घाइते र घरबारविहीन बनेका थिए, लाखौँ बालबालिका टुहुरा भए ।
तथ्यपरक, वस्तुनिष्ठ र निष्पक्ष समाचार विश्वको माग
विश्वका एक सयभन्दा बढी देश र क्षेत्रका सञ्चार माध्यम, विचार समूह र अन्तर्राष्ट्रिय संस्थालगायत करिब २०० संस्थाका ४५० भन्दा बढी प्रतिनिधि उपस्थित चीनको ग्वाङ्झोउमा विश्व सञ्चार शिखर सम्मेलन शुरू भएको छ ।
फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट हुँदा चारको मृत्यु
फिलिपिन्सको दक्षिणी प्रान्त लानाओ डेल सुरमा रहेको मिन्डानाओ स्टेट विश्वविद्यालयको एउटा जिमभित्र आइतबार बिहान विस्फोट हुँदा कम्तीमा चारको मृत्यु र अन्य ५० जना घाइते भएको स्थानीय सेना र प्रहरीले बताएका छन् ।
जलवायु वित्तलाई समर्थन गर्ने कोप–२८ घोषणा सकारात्मक : आइसल्याण्डका प्रधानमन्त्री
आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले जलवायु वित्तलाई समर्थन गर्ने कोपको घोषणालाई सकारात्मक भन्दै यो ‘विश्वव्यापी स्तरमा आशालाई प्रेरित गर्ने’ महत्त्वपूर्ण कदम भएको टिप्पणी गर्नुभएको छ ।
उत्तर कोरियाको जासुसी उपग्रह सञ्चालकले सेनालाई निष्कर्ष रिपोर्ट गर्ने
उत्तर कोरियाको हालै प्रक्षेपण गरिएको जासुसी उपग्रहको सञ्चालन गर्ने कार्यालयले सैन्य जासुसी संस्थाका रूपमा काम गर्ने सरकारी मिडियाले आइतबार बताएको छ ।
श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लास्टिकजन्य फोहोर उत्पादन
श्रीलङ्कामा दैनिक ९३८ मेट्रिकटन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ । तीमध्ये ४ प्रतिशत मात्रै पुनः प्रयोगमा ल्याउँन मिल्ने खालको हुने गरेको पाइएको संसद्को सञ्चार विभागले शनिबार संसदीय समितिलाई उद्धृत गर्दै जनाएको छ ।
हिमपातका कारण म्युनिखमा ७६० उडान रद्द, बस–रेल सेवा स्थगित
भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडान रद्द गरिएका छन् ।
इराकद्वारा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात
इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०ः३७ बजे गएको हो ।
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास
गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।
जापानले कार्बन उत्सर्जन गर्ने कोइला प्लान्ट नियन्त्रण गर्ने
जापानी प्रधानमन्त्री फुमियो किशिदाले कार्बन उत्सर्जन घटाउने उपायहरू नभएका नयाँ कोइलाबाट चल्ने बिजुली केन्द्रहरू निर्माण गर्न रोक्ने वाचा गर्नु भएको छ ।
पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा दुईजनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शुक्रबार पोलियो उन्मूलन टोलीमाथि भएको आक्रमणमा एकजना प्रहरी सहित एकजना आतङ्ककारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित पाँच देशको सहयोग
जलवायु परिवर्तनको ठुलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।
नेदरल्याण्ड्सको संसदीय चुनावमा पिभिभि पार्टी सबैभन्दा ठुलो दल बन्यो
नेदरल्याण्ड्सको अति दक्षिणपन्थी पपुलिस्ट पार्टी फर फ्रिडम (पिभिभि) संसदीय चुनावमा सबैभन्दा ठुलो दल बनेको छ । संसदीय चुनावमा पिभिभि सबैभन्दा ठुलो दल बनेको डच इलेक्टोरल काउन्सिल बताएको हो ।
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
युनानमा ५.० म्याग्निच्युडको भूकम्प
युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाइको मङ्सी सहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १ः३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो ।
नेपाल विश्व समुदायको प्राथमिकतामा परेको छ: प्रधानमन्त्री
प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा नेपाल विश्व समुदायको प्राथमिकतामा परेको बताउनुभयो ।
अष्ट्रेलियाद्वारा अमेरिकी सङ्ग्रहालयबाट स्वदेशी अवशेष फिर्ताको स्वागत
अस्ट्रेलियाले अमेरिकी स्मिथसोनियन राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयबाट स्वदेशी अवशेषहरू फिर्ता ल्याउने कामलाई स्वागत गरेको छ ।
जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न कोप-२८ मस्यौदाको आह्वान
वार्ताकारहरूले शुक्रबार जलवायु कार्यमा संयुक्त राष्ट्रसङ्घीय सम्झौताको पहिलो मस्यौदा जारी गरेका छन् । मस्यौदामा जीवाश्म इन्धनलाई कम वा अन्त्य गर्न आह्वान गरिएको छ । यसबाट तेल समृद्ध मुलुक संयुक्त अरब इमिरेट्स (युएई) मा कोप२८ वार्तामा एउटा ठुलो सङ्घर्ष सुरु भएको छ ।
युद्धविरामको समयसीमा सकिएसँगै इजरायलद्वारा गाजामा पुनः सैन्य कारबाही सुरु
इजरायली सेनाले गाजामा आफूले पुनः हमला सुरु गरेको शुक्रबार बताएको छ । इजरायल र हमासबिच युद्धविराम समाप्त भएको र त्यसलाई बढाउनका लागि कुनै सम्झौता नभएपछि गाजा सहरमा हवाई हमला र तोप प्रहार गरिएको सूचना प्राप्त भएको छ ।