• १२ साउन २०८१, शनिबार

बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक : इजरायलका प्रधानमन्त्री नेतान्याहु

blog

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

काठमाडौं, मङ्सिर १८ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमाससँगको युद्धविराममा वार्ता सकिएपछि पनि बाँकी बन्धक रिहाइका लागि युद्ध आवश्यक भएको बताउनुभएको छ ।

उहाँले कतारमा भएको युद्धविरामको वार्ताबाट आफ्नो टोलीलाई बाहिर निकालेपछि इजरायलको घातक भूमि कारबाही जारी नराखी गाजामा बन्धकहरूलाई मुक्त गर्न असम्भव नहुने बताउनुभयो ।

शुक्रबार सातदिने युद्धविराम समाप्त हुनुअघि २४ विदेशी नागरिकहरूसहित ११० बन्धकलाई रिहा गरिएको थियो । नेतन्याहुका अनुसार गाजामा हमास र अन्य लडाकुले लगभग १३५ जना अझै पनि बन्दी बनाएका छन् । उहाँले इजरायली रक्षा बल (आईडीएफ) लाई तीव्रताका साथ लडाइँ सुरु गर्न निर्देशन दिएको बताउनुभयो ।

इजरायलले युद्धग्रस्त गाजापट्टीमा अक्टोबर ७ यता करिब एक लाख बम र रकेट आक्रमण गरेको हमासद्वारा सञ्चालित सरकारले जनाएको छ । गाजामा रहेको स्वास्थ्य मन्त्रालयका अनुसार द्वन्द्व सुरु भएदेखि गाजामा कुल १५ हजार दुई सय मानिस मारिएका छन् । जसमध्ये ७५ प्रतिशत बालबालिका, महिला र वृद्धहरू छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल