• २ असार २०८१, आइतबार

फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

blog

काठमाडौं, मङ्सिर १७ गते । फिलिपिन्सको ज्वालामुखी तथा भूकम्पविज्ञान संस्थानले शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । एक अद्यावधिक प्रतिवेदनमा,  भूकम्प राति १०ः३७ बजे गएको संस्थानले  जनाएकाे छ ।

हिनाटुआन शहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो । भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सयभन्दा बढी परकम्पहरू गएको बताएको छ ।

५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ ।  एजेन्सीबाट