• १३ असोज २०८१, आइतबार

जलवायु परिवर्तनबाट पीडित देशलाई अमेरिकासहित पाँच देशको सहयोग

blog

काठमाडौं, मङ्सिर १६ गते । जलवायु परिवर्तनको ठुलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ ।

संयुक्त राष्ट्रसङ्घको जलवायु परिवर्तन सम्मेलनले बिहीबार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्चालनमा ल्याएको हो ।

नोक्सान र क्षति कोषमा यो निर्णायक कार्यले दुबई, संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र फ्रेमवर्क कन्भेन्सन (कोप २८) को सम्मेलनको २८ औँ सत्रको पहिलो दिन सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो ।

युएईको नेतृत्वमा धेरै देशहरूले कोषमा आफ्नो आर्थिक प्रतिबद्धता जनाएका छन् । जसमा युएईले १० करोड अमेरिकी डलर, जर्मनीले सय मिलियन डलर, बेलायतले चार करोड पाउण्ड (लगभग ५०.६ मिलियन डलर) र अन्य व्यवस्थाका लागि दुई करोड पाउण्ड सहयोग गरेको छ । जापानले १० मिलियन डलर र संयुक्त राज्य अमेरिका, १७.५ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल