• १३ असोज २०८१, आइतबार

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु

blog

काठमाडौँ, मङ्सिर १९ गते । इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ । 

पहिलो चरणमा ४९ जना आरोही फेला परेका थिए । उनीहरूलाई अस्पताल लगिएको छ भने केही अस्पतालबाट घर फर्किसकेका छन् । दोस्रो चरणमा १४ जनालाई फेला पारेको बताइएको छ । तीनै जना विस्फोटक बिचमा पश्चिमी इन्डोनेसियाको पहाडको फेदमा जाँदै थिए । कुल ७५ आरोहीको खोजी गर्न अधिकारीहरूले लगभग सय जनालाई खटाइएका छन् । समुद्र सतहबाट २ हजार ८ सय ९१ मिटर उचाइमा रहेको मारापी हिमाल ज्वालामुखीको खरानी र चट्टान वरपरका क्षेत्रमा फैलिएको छ ।

अधिकारीहरूले मानिसहरूलाई मुख्य खाडलको ३ किलोमिटरको दायराभित्र खतरा क्षेत्रमा जान निषेध गरेका छन् । एजेन्सीको सहयोगमा