• १२ साउन २०८१, शनिबार

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो : हमास

blog

गाजा स्ट्रिप, मङ्सिर १६ गते । गाजा पट्टीमा रहेको हमास सरकारले शनिबार प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ ।

‘गाजा पट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी’ भएको छ ।  थप ६५० जना घाइते भएका छन्, सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्दा दर्जनौँ घरहरू ध्वस्त पारेको छ । गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । रासस/एएफपी