भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित
बुधबार साँझबाट सुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार जनजीवन नराम्ररी प्रभावित भएको छ ।
अमेरिकी निर्यात नियन्त्रण नीतिको चीनद्वारा विरोध
चीनका विरुद्ध निर्यात नियन्त्रण नीतिको दुरुपयोग गर्ने र आपसी लगानीमा प्रतिबन्ध लगाउने लगायतका अमेरिकी कदमको चीनले दृढतापूर्वक विरोध गरेको चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले उल्लेख गर्नु भएको छ ।
अमेरिकाको टेक्सासमा आमाबुवाको हत्या गर्ने पक्राउ
अमेरिकाको टेक्सास राज्यमा एकजना संदिग्ध व्यक्तिलाई बाबुआमा र अन्य चार व्यक्तिको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ ।
संयुक्त राष्ट्र प्रमुखद्वारा गाजामा मानवीय विपत्ति रोक्न आग्रह
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई गाजामा मानवीय विपत्तिलाई रोक्नका लागि कार्य गर्न आग्रह गर्नुभएको छ ।
जलवायु परिवर्तनका कारण बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशत वृद्धि
अन्तर्राष्ट्रिय उद्धार समिति (आईआरसी) ले बुधबार सार्वजनिक गरेको अध्ययनले बङ्गलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा गरेको छ ।
जापानका प्रधानमन्त्री किशिदाले सत्तारुढ दलको नेताबाट राजीनामा दिने
जापानका प्रधानमन्त्री फुमियो किशिदाले सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) मा रहेको आफ्नो पार्टी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गर्नु भएको छ ।
पेरुका पूर्व राष्ट्रपति फुजिमोरी रिहा
पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा हुनुभएको छ । मानवता विरुद्धको अपराधमा उहाँले २५ वर्षे जेल सजाय भोगिरहनु भएको थियो । संवैधानिक अदालतले मङ्गलबार ‘तत्काल रिहा’ आदेश जारी गरेपछि उहाँ जेलमुक्त हुनुभएको हो ।
बेलायती अपराध प्रमुख टर्कीबाट पक्राउ
टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा अपरेशनका क्रममा लागूऔषध ओसारपसार, हतियारको तस्करी र डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता पक्राउ परेको टर्की प्रहरीले जनाएको छ ।
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घट्यो
अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो ।
लेबनान–इजरायली सीमामा झडप जारी
अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि लेबनानी–इजरायली सीमा इजरायल र लेबनानी सशस्त्र समूह हिजबुल्लाह बिच झडप जारी रहेको छ । हालैको द्वन्द्वमा, हिजबुल्लाहले धेरै इजरायली चौकीहरूलाई निशाना बनाएर आक्रमण गरिरहेको छ ।
कोप-२८ मा ‘हिमालको पुकार’ वृत्तचित्र देखाइयो
संयुक्त अरब इमिरेट्सको दुबईमा भइरहेको संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप २८) मा नेपालमा भएको जलवायु जन्य हानि नोक्सानी समेटिएको वृत्तचित्र हिमालको पुकार ‘द प्ली अफ माउण्टेन’ प्रदर्शन गरिएको छ ।
युरोपेली युनियनको निर्यात नीति ‘अर्थहीन’ छन् : चीन
चीनले राजधानीमा एउटा उच्चस्तरीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा बेइजिङप्रति युरोपेली युनियनको निर्यात नीतिहरूको कुनै ‘अर्थ’ नभएको बुधबार बताएको छ ।
चीन र अमेरिकी शीर्ष कूटनीतिज्ञबीच इजरायल–हमास युद्धबारे छलफल
चीन र अमेरिकाले उनीहरूका शीर्ष कूटनीतिज्ञहरूले बुधबार फोनमार्फत इजरायल–हमास युद्धबारे छलफल गरेको र युद्धलाई कम गर्ने आवश्यकतामा सहमत भएको बताएका छन् ।
पाकिस्तानमा सडक दुर्घटनामा सातको मृत्यु, १८ घाइते
दक्षिण पाकिस्तानमा भएको सडक दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
गाजा युद्धबारे छलफल गर्न इजिप्टका विदेशमन्त्री वासिङ्टन प्रस्थान
इजिप्टका विदेशमन्त्री सामेह शौकरी गाजापट्टीमा युद्धविरामको बारेमा छलफल गर्न अमेरिकी प्रतिनिधि सभा र अमेरिकी सिनेटका केही सदस्यहरूसँग भेट्न मङ्गलवार अमेरिकी राजधानी वाशिङटन डिसी जानुभएको छ ।
इण्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो
इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरुको सङ्ख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।
बस दुर्घटना हुँदा २९ जनाको निधन
मध्य फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलवार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
नाइजेरिया सेनाको ड्रोन दुर्घटनामा ८५ सर्वसाधारणको मृत्यु
नाइजेरियाली सेनाको ड्रोन दुर्घटना हुँदा देशको उत्तरपश्चिमी कादुना राज्यको एउटा गाउँमा आइतबार कम्तीमा ८५ सर्वसाधारणको मृत्यु भएको राज्य सञ्चालित आपत्कालीन एजेन्सीले जनाएको छ ।
लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत
लाओस र रुस द्विपक्षीय सहयोग बढाउन सहमत भएका छन् । लाओस र रुसले लाओको राजधानी भेन्टियानमा व्यापार, आर्थिक, वैज्ञानिक र प्राविधिक द्विपक्षीय सहयोगसम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेका छन् ।
बेलायतमा अध्यागमनमा कडाइ : अन्तर्राष्ट्रिय विद्यार्थीलाई परिवार ल्याउन सकस
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गर्नु भएको छ ।
लिबियाले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो
लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।
विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग बलियो बनाउने
दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरू बीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन् ।
बस दुर्घटना हुँदा थाइल्यान्डमा १४ जनाको मृत्यु, ३५ घाइते
थाइल्यान्डमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । दक्षिण थाइल्यान्डको प्राचुआप खिरी खान प्रान्तमा यात्रुवाहक बस सडकबाट चिप्लिएर रुखसँग ठोक्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको हो ।
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु
इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ । इन्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी कम्तीमा ११ पर्वतारोहीको मृत्यु भएको छ भने केही अझै बेपत्ता भएको बताइएको छ ।