काठमाडौं, मङ्सिर १९ गते । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैरकानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।
सन् २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफी शासनको पतनपछि देशमा अस्थिरता र अराजकताका कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्यसागर पार गरेर युरोपेली किनारहरूमा जाने छनाेट गरेका थिए ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । सिन्ह्वा न्यूज एजेन्सी नेपाल