आक्रा, मङ्सिर १९ गते । विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोग गहिरो बनाउँने विश्वास गरिएको छ । दर्जनौं अफ्रिकी मिडिया प्रतिनिधिहरूबीच जारी विश्व मिडिया शिखर सम्मेलनले चीन–अफ्रिका सहयोगका बारेमा विश्वव्यापी मिडिया आउटलेटहरूको समझदारी बढाउने घानास्थित मिडियाले जनाएका छन् ।
शिखर सम्मेलनले अफ्रिकी मिडिया आउटलेटहरूका लागि विश्वभरका आफ्ना समकक्षीहरूसँग अन्तरक्रिया गर्नका लागि महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गरेको न्यूज गृहका प्रबन्ध निर्देशक रोजर अगानाले बताउनु एको छ ।
पाँचौँ विश्व मिडिया शिखर सम्मेलन आयोजना भएको चिनियाँ शहर ग्वाङ्झाउमा शुक्रबार अवतरण गरेकी अगानाले भन्नुभएको छ, ‘म विश्वसँग घुलमिल हुन तयार छु, विश्वले अफ्रिका र चीनको वास्तविकता थाहा पाउनु आवश्यक छ र उनीहरूले कसरी दुवै देशका जनतालाई फाइदा पुर्याउन सहयोग गरिरहेका छन् ।’
विभिन्न पक्षमा चीन–अफ्रिका सहयोगले सम्पूर्ण विश्वका लागि राम्रो उदाहरण प्रस्तुत गरेको छ । उहाँले चीन मैत्रीपूर्ण सहयोगका लागि सधैँ तयार रहेको बताउनुभएको छ । अगानाले चीनद्वारा प्रस्तावित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) बाट अफ्रिकाले व्यापार प्रवर्द्धन गर्न र त्यहाँको पूर्वाधारको विकासमा भूमिका खेल्न ठूलो फाइदा पुगेको धारणा राख्नुभएको छ ।
बीआरआई प्रशंसनीय परियोजना भएको र यसले यसले सडक, रेलवे, बन्दरगाह र विमानस्थलहरू निर्माण गर्न मद्दत गरिरहेको र अफ्रिका महाद्वीपमा व्यापार सहजीकरणका लागि पूर्वाधार मेरुदण्ड बनेको उहाँले बताउनुभएको छ । रासस/सिन्ह्वा