• १२ मंसिर २०८१, बुधबार

फ्रान्सद्वारा धूमपान गर्न नपाइने स्थान विस्तार

blog

काठमाडौं, मङ्सिर १४ गते । फ्रान्स सरकारले धूमपान विरोधी नयाँ योजना ल्याएको छ । यस योजनाले देशमा धूमपान गर्नेहरूको सङ्ख्या घटाउने लक्ष्य राखेको छ ।

योजनाअनुसार धूमपान नगर्ने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना बढाउने बताउनुभयो ।

धूमपान गर्नेलाई कति जरिवाना लाग्ने हो भन्ने अझै खुलाइएको छैन । विशेष गरी युवाहरूलाई धूमपान गर्नबाट रोक्न र धूमपान गर्नेहरूलाई धूमपान छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो । धूमपान नगर्ने क्षेत्र समुद्र तट, पार्क, बगैंचा, वन र विद्यालय वरपर छ ।

उनीहरुले नजिकै बालबालिका हुने भएकाले धूमपानको असरलाई हेरेर सरकारले गरेको निर्णय सही भएको बताए । फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । प्रतिदिन लगभग दुई सयको मृत्यु हुने गरेको तथ्याङ्क छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल