काठमाडौं, मङ्सिर १५ गते । भारतीय राजधानीमा बुधबार हल्का वर्षा र हावाको गति बढेका कारण वायुको गुणस्तरमा उल्लेखनीय सुधार आएसँगै प्रतिबन्ध हटाइएको छ ।
एयर क्वालिटी इन्डेक्स (एक्युआई) ३६५ बाट २५८ मा झरेको छ । अधिकारीहरूले सम्पूर्ण राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा ग्रेडेड रेस्पोन्स एक्सन प्लान (जीआरएपी)अन्तर्गत अब दिल्ली र गुरुग्राम, फरिदाबादको वरपरका क्षेत्रहरूमा विशेष प्रकारका सवारी साधनहरूमा प्रतिबन्ध लगाइएकोमा अब छुट दिइएको बताउनुभयो ।
सरकारले नोभेम्बर २ मा सुरु गरेको यसअघिका कार्यहरूमा निर्माण र खानी जस्ता विभिन्न प्रदूषण निम्त्याउने गतिविधि रोकिएको थियो । यद्यपि यी प्रतिबन्ध हटाइएपछि यी गतिविधि पुनः सुरु हुने बताइएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल