• १९ वैशाख २०८१, बुधबार

पुटिनले फेरि राष्ट्रपतिको चुनाव लड्ने

blog

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ।

काठमाडौँ, मङ्सिर २३ गते । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षको निर्वाचनमा भाग लिने आफ्नो योजना प्रस्तुत गर्नुभएको छ ।

पुटिन र रूसको विशेष सैन्य अप्रेसनका सहभागीहरूबीचको अनौपचारिक वार्तालापको क्रममा उहाँले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनाव लड्ने घोषणा गर्नुभएको हो । उहाँले रूसका सेनाहरूलाई गोल्ड स्टार पदक  पनि प्रदान गर्नुभएको थियो ।

बिहीबार, रूसको सङ्घ परिषद् वा संसद्को माथिल्लो सदन मार्च १७, २०२४ मा अर्को राष्ट्रपति चुनाव गर्न सर्वसम्मतिले मतदान गरेको थियो । सिन्ह्वा