साहित्यकार सुवेदीको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार तथा समालोचक स्वर्गीय दधिराज सुवेदीको परिवारप्रति समवेदना दिनुभएको छ।
गच्छे-भालुवाङ्ग सडक प्रदेश राजधानी जान ४७ किमी छोटिने
राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ ।
प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरु
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।
उप-निर्वाचनका लागि मुख्य अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम-२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने
समाजवादी मोर्चाका संयोजक एवम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ ।
ज्येष्ठ नागरिक दिवासेवा केन्द्र: पीडा भुलाउने चौतारी
चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो-बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने तथा रमाउने ।
‘बजेट र योजना नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउनुपर्छ’
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कनेभन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
पर्वतमा दम्पती हत्या : कुकुरसहितको अनुसन्धान टोली
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिँडेको प्रहरीले जनाएको छ।
देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्याली
नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् ।
कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ
जलवायुका असरसँग जुध्न सरकार प्रतिबद्ध
वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले सरकारले राष्ट्रिय अनुकूलन योजना तयार पारेर कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
मुस्लिम महिलाका लागि सिलाइकटाई तालिम
मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घर बाहिर निस्कन असहज मान्ने गरेको अवस्थामा बाँकेको जानकी गाउँपालिकाले उनीहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने योजना अघि सारेको छ ।
कोशी प्रदेशमा सडक दुर्घटना भयावह
उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्याे ।
नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावकविहीनलाई छात्रवृत्ति
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३ औँ सशस्त्र प्रहरी दिवस-२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताउनुभयो ।
निगममा देखिएको अनियमितता अन्त्य गर्न मन्त्रालय दृढ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग
प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।
न्यायाधीश नियुक्तिप्रति सांसद गौतमको असन्तुष्टि
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाइ थियो ।
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधि सभाको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरूले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत २२ मा विश्वासको मत लिनुहुने
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ ।
तीन वर्षमा ५५ दुर्घटना : ४० जनाको मृत्यु
बागलुङमा हरेक वर्ष दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो तीन वर्षमा सबैभन्दा बढी मृत्यु हुने सङ्ख्या यस वर्षको छ । यस वर्ष १६ जनाले ज्यान गुमाएका छन् ।
पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ ।
केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री
यतिबेला कर्णालीको राजनीति तातिएको छ । केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि यहाँको राजनीतिमा तरङ्ग पैदा भएको हो ।