ओलावालेको ह्याट्रिकसँगै मच्छिन्द्र उपाधि रक्षाको बाटोमा
टोलीका प्रभावशाली नाइजेरियल स्ट्राइकर ओलावाले ओलाडिपो आफिजले ह्याट्रिक गरेपछि साविक विजेता मच्छिन्द्र क्लबले शहिद स्मरक ‘ए’ डिभिजन लिगमा सातदोवाटो युथ क्लबमाथि सानदार जित निकालेको छ ।
साफ फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
एन्फा बैठकको निर्णयमा केन्द्रीय पदाधिकारीको असहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आपतकालिन कार्यसमिति बैठकले पारित गरेको आर्थिक एजेन्डाको विषयमा असहमति जनाउँदै एन्फाका उपाध्यक्षसहित तीन सदस्यले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।
आर्मीलाई हराउँदै जावलाखेल उपाधि होडमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।
बार्सिलोनाको सहज जित
रेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।
च्याम्पियन सिटी अन्तिम खेलमा पराजित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको म्यानचेस्टर सिटी असन्तिम खेलमा ब्रेन्टफर्डसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी ब्रेन्टफर्डसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।
उपाधि दावेदार जावलाखेल एपिएफसँग स्तब्ध
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दावेदार जावलाखेल क्लब विभागीय टोली एपिएफ क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा जावलाखेल एपीएफसँग २–० गोलले स्तब्ध बनेको हो ।
पुलिसको सहज जित
विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारलाई २–० गोलले हरायो ।
‘एन्फा आर्थिक व्यवस्थापनमा असफल’
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिक रूपमा असफल भएको बताएका छन् ।
वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि
पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित अन्तर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर १४ ले जितेको छ ।
चर्च ब्वाइज मनाङसँग बराबरीमा रोकियो, सातदोबाटोलाई फ्रेन्ड्सको झट्का
शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।
रियल म्याड्रिडलाई सफलता
रियल म्याड्रिडले स्पेनिस ला लिगामा सफलता निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोलले हरायो ।
इन्टरलाई कोपा इटालिया कप उपाधि
कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
एनआरटी र एपीएफ विजयी
न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।
च्याम्पियन बार्सिलोनाको अर्को हार
चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाले उपाधि पछि लगातार दोस्रो हार खेपेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग उसैको मैदानमा ३-१ गोलले पराजित भयो ।
पुलिस र खुलमटार विजयी
नेपाल पुलिस क्लब र एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
शेर्पासँग बराबरीमा रोकियो चर्च ब्वाइज
शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा शीर्ष टोली चर्च ब्वाइजले शेर्पासँग १-१ गोलको बरबारी खेल्दै अङ्क बाँडेको हो ।
एनआरटीमाथि मच्छिन्द्रको सहज जित
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) माथि सहज जित निकालेको छ ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
उपाधि विजेता बार्सिलोना सोसिडाडसँग पराजित
स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले रियल सोसिडाडसँग हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलले पराजित भयो ।
आर्सनल हारेपछि सिटी तीन खेल अगावै च्याम्पियन
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि रक्षा गरेको छ । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।
आर्मी र खुमलटारको बराबरी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
सिन्धु कप जेठ अन्तिममा
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
एस रोमा र सेभिया युरोपा लिगको फाइनलमा
इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।